राजनीति

विराटनगर । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल पछिल्ला दिनमा ‘क्यूआर कोड’ विवादमा तानिएका छन्। QR कोडमार्फत रकम माग गरेको आरोप सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। यसबीच मन्त्री मण्डलले आईतबार प्रदेश सभाको बैठकमै स्पष्ट धारणा राख्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। प्रदेश सभामा बोल्दै उनले आरोपलाई एकपक्षीय र बेवास्तापूर्ण भने। […]