
सुर्खेत । सुर्खेत प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई अफिम ओसारपसारमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारी क्षेत्रमा अफिम कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निगरानी तथा सूचना विश्लेषणपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको हो।

सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीका अनुसार बस्नेतको साथबाट ५ किलो ५४० ग्राम गिलो अवस्थाको अफिम बरामद गरिएको छ। पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध कारोबार विरुद्धको निगरानी अझ कडा बनाइएको जनाएको छ।