देवानगञ्जमा पुन ट्रान्सफर चोरी, सिँचाइ अवरुद्ध, सुरक्षा संयन्त्रमाथि प्रश्नचिन्ह ।

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका वडा नं–१, मध्यहर्षाही स्थित मलुकी डिप बोरिङमा रातिको समयमा जडान गरिएको ट्रान्सफर चोरी भएको छ। यो घटना पछिल्लो केही महिनायता सो क्षेत्रमा दोहोरिरहेको ट्रान्सफर चोरी श्रृंखलाको अर्को कडी बनेको छ।

स्थानीयवासीका अनुसार, बारम्बार हुने यस्ता चोरीका कारण गाउँमा सिँचाइ सुविधा गम्भीर रूपमा प्रभावित भएको छ। किसानहरू पानीको अभावमा खेत सुक्न थालेको गुनासो गर्छन्।

यस अघि पनि देवानगञ्ज– २ मै वडा नम्बर २ का वडा अध्यक्षको जग्गामा रहेको अर्को डिप बोरिङबाट ट्रान्सफर चोरी भएको थियो। तर, अहिलेसम्म कुनै दोषी पत्ता लाग्न नसक्नु सुरक्षा संयन्त्रको प्रभावकारिता माथि गम्भीर प्रश्न खडा गर्छ।स्थानीय तह, प्रहरी प्रशासन र सरोकारवाला निकायहरू अझै पनि सुस्त देखिन्छन्। अपराध रोक्न सक्रिय अनुगमन र कडा कारवाहीको खाँचो रहेको स्थानीयको माग छ ।