देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ साविक घुस्की ४ मा छोराले चा*कु प्र*हार गरी बुवाको ह*त्या।

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.–३, साविक घुस्की–४ मा पारिवारिक जग्गा विवादले भयावह मोड लिँदा छोराले आफ्नै बुवाको हत्या गरेका छन्।

बुधबार बिहान ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेका हुन्। लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डा विषयमा विवाद चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।

 

विवाद चर्किएपछि रियाजले बुवामाथि आक्रमण गर्दा घाइते भएपछी उपचका लागी विराटनगरको गोल्डेन हस्पिटल लगिने क्रममा बाटोमै  सबिब अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए।

प्रहरीका अनुसार रियाज अन्सारीलाई नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ