
काठमाडौं — नेपाल सरकारले मुग्री माछामा अत्यधिक विषालु धातु “पारो” (Mercury) पाइएको पुष्टि गर्दै त्यसको खपतमा प्रतिबन्ध लगाएको छ। वैज्ञानिक अनुसन्धानका आधारमा गरिएको यो निर्णयले आम नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार, मुग्री माछामा पाइएको पारोको मात्रा अन्य माछाहरूको तुलनामा धेरै गुणा बढी भएको पाइएको छ। पारो दीर्घकालीन रूपमा शरीरमा जम्मा हुँदै जान्छ र यसले क्यान्सर, स्नायु प्रणालीमा क्षति, मस्तिष्कको विकार, जस्तै गम्भीर रोगहरू निम्त्याउने खतरा बढाउँछ।

यस्तै कारणले भारत, बङ्गलादेश, म्यानमार, र थाइल्याण्ड जस्ता छिमेकी देशहरूले पनि यस माछाको बिक्री र सेवनमा प्रतिबन्ध लगाइसकेका छन्।
पारो अन्य माछाहरूमा पनि थोरै मात्रामा पाइन्छ, जुन मात्रा मानव शरीरका लागि सह्य हुन्छ। तर मुग्री माछामा भने अस्वाभाविक रूपमा बढी पारो पाइएपछि नेपाल सरकारले त्यसलाई खान अयोग्य घोषणा गरेको हो।
स्वास्थ्य विज्ञहरू भन्छन्, “स्वाद, सस्तो मूल्य वा सजिलो उपलब्धता हेरेर स्वास्थ्यमा खतरा पुर्याउने वस्तु सेवन गर्नु दीर्घकालीन रूपमा अत्यन्त हानिकारक हुन सक्छ।”
सरकारले आम नागरिकलाई मुग्री माछाको सेवन नगर्नु र सजग रहनु आग्रह गर्दै, बजारमा माछा किन्नु पूर्व स्रोत र प्रकारको जानकारी लिन समेत सुझाव दिएको छ।