
विराटनगरस्थित नेपाल बिजनेश कलेजका विविए सातौँ सेमेस्टरका विद्यार्थीहरूले ‘इभेन्ट म्यानेजमेन्ट’ विषयअन्तर्गत भव्य साँङ्गीतिक कार्यक्रमको आयोजना गरेका छन्।

सातौँ ब्याचका विद्यार्थीहरूले कक्षा कोर्समा सिकेका कुरालाई व्यवहारिक रूपमा उतार्ने उद्देश्यले कार्यक्रम प्रस्तुत गरेका हुन्।पढाइसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले यो कार्यक्रम विराटेश्वर वृद्धा आश्रमको सहयोगार्थ आयोजना गरिएको थियो। सम्पूर्ण तयारी विद्यार्थीहरूले आफैं गरेको यस कार्यक्रममा मृत्युञ्जय व्याण्ड, जोसन एण्ड बेण्ड, र रकडेड्रस व्याण्डले आकर्षक प्रस्तुति दिएका थिए।

नेपाल बिजनेश कलेजले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र अनुभवका लागि यस प्रकारका कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।
कार्यक्रम विराटनगरको जैन भवनमा सम्पन्न भएको थियो, जसमा ५ हजारभन्दा बढी दर्शकको उत्साहपूर्ण सहभागिता रह्यो।