
मैथिली गीत–संगीतका लोकप्रिय तथा सुपरहिट गायक मनोज भोले यादवले आफ्नो नयाँ भक्ति गीत “बोलो बोलो राधे राधे” सार्वजनिक गरेका छन्। कृष्ण जन्माष्टमीको पावन अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा भगवान श्रीकृष्ण र राधाप्रति अटुट प्रेम, भक्ति र श्रद्धाको अभिव्यक्ति गरिएको छ।

मैथिली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेका यादवको यो कृष्ण भगवानप्रति समर्पित पहिलो भक्ति गीत हो। यसमा पारम्परिक मैथिली संगीतको स्वादसहित आधुनिक एरेञ्जमेन्टको संयोजन गरिएको छ, जसले युवा पुस्तादेखि बृद्धसम्म सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा धार्मिक झाँकी, भजन–कीर्तन तथा मथुरा–वृन्दावनको झल्को दिने दृश्यहरू समावेश छन्। यसअघि “जय भोले” जस्ता चर्चित भक्ति गीत गाइसकेका यादवले भक्ति संगीत समाजमा सकारात्मक ऊर्जा र एकताको सन्देश दिने विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक भएको केही घण्टामै गीत युट्युब तथा सामाजिक सञ्जालमार्फत हजारौं दर्शकले हेरेर मन पराइरहेका छन्।