बैंक कर्मचारीको नाटक गरी OTP मागेर ३ लाख रुपैयाँ ठगी

सुनसरी । विराटनगर उपमहानगरपालिका बसोबास गर्दै आएका सुदामा साहको बैंक खाताबाट OTP को माध्यमबाट ठगी गरी एकैपटक रु. ३ लाख रुपैयाँ निकालिएको घटना सार्वजनिक भएको छ।

पीडित साहका अनुसार, उनलाई अज्ञात व्यक्तिले फोन गरी आफू नेपाल राष्ट्र बैंकको कर्मचारी भएको भन्दै विश्वासमा पार्ने प्रयास गर्यो। फोनमार्फत आएकाे व्यक्तिले मोबाइलमा आएको OTP (One-Time Password) मागेपछि, विश्वासमा परेका साहले उक्त नम्बर बताए। त्यसपछि तुरुन्तै उनको बैंक खाताबाट ३ लाख रुपैयाँ निकासी गरिएको थियो।

घटना साइबर ठगीअन्तर्गत पर्ने भएकाले पीडितले यसबारे सम्बन्धित निकायमा उजुरी दर्ता गरिसकेका छन्। ठगी गर्ने व्यक्तिको पहिचानसमेत खुलेको छ। पीडितका अनुसार, बर्जु गाउँपालिका वडा नं. १ निवासी अरूण मेहताका छोरा सचिन मेहताले आफूलाई बैंक कर्मचारी भनी ठगी गरेको बताएका छन्।