
भारतबाट १५ तोला सुनका गरगहना र आठ लाख नेपाली रूपैयाँ चोरी गरी आएका ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरे छन ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरिएको थियो।

पक्राउ पर्नेहरू कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, ४२ वर्षीय तेज बहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की २८ वर्षीय सरिता शाही पक्राउ परेका हुन्।