
ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेले आफुले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् । प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ । प्रहरीले उक्त परिणामको लागुऔषधसहित उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

बिहीबार प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घरको दुइवटा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको थियो । प्रहरीका अनुसार उक्त घरलाई लागुऔषध कारोबारीको गोदाम बनाइएको छ । प्रहरीले घिमिरेलाई मात्र सार्वजनिक गरेको छ। गरेको छ । तर, उनी त्यसका मुख्य व्यक्ति नभएको स्रोतले जनाएको छ । उक्त लागुऔषध कारोबारी बिर्तामोडका औषधी व्यवसायी भानुभक्त खरेल रहेको स्रोतले जनाएको छ ।