
सुर्खेतमा १३ लाख नक्कली नेपाली रूपैयाँ र ३० केजी अफिमसहित ५ जना पक्राऊ ।

पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षीय रामबाहदुर सिंह, कुशे गाउँपालिका–७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बि.क रहेका छन्।

यस्तै, अर्का पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका–४ तथा नगरपालिका वडा नं ११. न्युरोडमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया संचालन गरी बस्ने अन्दाजी ३४ बर्षीय मनबहादुर सहकारी रहेका छन्।